काठमाडौं –  मंगलबार विश्वमा २ लाख १९ हजार ८६२ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम हो । सोमबार २ लाख ५७ हजार ६७७ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।


ADVERTISEMENT


गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ९१ हजार १३ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८१ लाख ४२ हजार ७१८ पुगेको छ ।