काठमाडौं – ‘मदन पुरस्कार-२०७६’ का लागि ७ कृति छानिएका छन् । मदन पुरस्कार गुठीको बढीमा १० पुस्तकहरुको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न ७ कृति पुरस्कारका लागि छनोट गरेको हो ।


ADVERTISEMENT


मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त १५१ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् ।


ADVERTISEMENT

# # #


छनोट गरिएका कृतिहरुमा विमल निभाको ‘जोकरको बन्दुक’ तीर्थ कोइरालाको ‘धर्सैधर्साको चक्रव्यूह’, ‘भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३) रहेका छन् । यस्तै चन्द्र प्रकाश बानियाँको ‘महारानी’ ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ पनि उत्कृष्ट सातभित्र अटाएका छन् ।

मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । मदन पुरस्कारको राशी २ लाख रहेको छ ।