दमक — जंगली हात्तीको आक्रमणबाट कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीमा एक व्यक्तिको मृत्यु भएको छ ।


ADVERTISEMENT


शुक्रबार बिहान ४ बजेतिर हात्तीको आक्रमणमा परी नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले रेग्मीलाई कुल्चिएर मारेको हो ।


ADVERTISEMENT

# # #


हात्तीले उनको टिनको छाना र बाँसको टाटीबेरा भएको घरसमेत भत्काएको छ । हात्तीको आक्रमणमा परेका रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो ।