काठमाडौं – नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्यामा पर्सामा एकैपटक संक्रमण पुष्टि भएको अहिलेसम्मकै सर्वाधिक हो । आज थपिने संक्रमितहरुमा २१ जना महिला रहेका र १ सय २० जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायका संक्रमितहरुमध्ये ४४ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी छन । त्यस्तै तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


 

नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरु बीरगन्जको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया लगायतका ठाँउका हुन् ।

 

सबैभन्दा धेरै खल्वाटोला श्रीसियाबाट २२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।