काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेसँगै काठमाडौं उपत्यकामा १५ दिन अत्यावश्यक बाहेकका सेवा रोकिने भएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौँ उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर, तत्काल नै लकडाउन गर्ने सम्भावना भने नरहेको बैठकको निष्कर्ष छ ।


ADVERTISEMENT

# # #


बढी मानिसको भीडभाड हुने र जोखिमयुक्त क्षेत्र महाबौद्द, न्युरोड, टेकु लगायतका क्षेत्र सिल गर्ने तयारी गरिएको काठमाडौँका सीडीओ जनकराज दाहालले जानकारी दिए ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।