काठमाडौँ — कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने गरी स्थानीय टोल सुधार समितिलाई परिचालन गर्ने गरी निर्णय लिन बिहान १० बजेदेखि बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


बैठकलगत्तै गैरसरकारी संस्था र उद्याेगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।


ADVERTISEMENT

# # #