काठमाडौं- इण्डियन मेडिकल एसोसिएशनले कोरोना संक्रमण बढ्दै गएपछि सबैभन्दा बढी जोखिममा रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकको सुरक्षाको लागि सरकारले ध्यान नदिएको आरोप लगाएको छ ।


ADVERTISEMENT


 कोरोनाका कारण हालसम्म भारतमा १ सय ९६ जना चिकित्सकको ज्यान गइसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले सरकारी र नीजि क्षेत्रका स्वास्थ्यकर्मीलाई विभेद नगरी सबैको बीमा र सुविधा बढाउन एशोसियसनले माग गरेको बीबीसीले उल्लेख गरेको छ ।