झापा- सहमति अनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले पुन: संघर्षमा उत्रने चेतावनी दिएका छन् । श्रम ऐनअनुसार २०७५ साउनदेखि ०७६ बैशाख ३० सम्मको वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला नपाएको श्रमिकको भनाइ छ ।


ADVERTISEMENT


सो रकमका लागि बगान मालिकसँग पटकपटक आग्रह गर्दा समेत भुक्तानी नपाएको उनीहरुको गुनासो छ । बिर्तामोडमा नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको केन्द्रीय समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएकोले पुन: आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


कोभिड–१९ को संक्रमणका कारण सबै क्षेत्र सिथिल भएपनि चिया क्षेत्र भने इतिहासकै स्वर्णिम अवस्थामा पुगेको उनीहरुको दाबी छ ।