वासिङ्टन — अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ५० लाख ४१ हजार नाघेको छ । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय १३ पुगेको छ । यो विश्वभर मृत्यु हुनेमध्ये करिब एक चौथाइ हो ।


ADVERTISEMENT


भाइरसको संक्रमणबाट आर्थिक संकटमा परेका अमेरिकीलाई राहत दिने आर्थिक कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका बेला संक्रमितको नयाँ तथ्यांक सार्वजनिक भएको हो । यसअघि सार्वजनिक आर्थिक सहयोग प्याकेजबारे कंग्रेसमा सहमति नजुटेपछि उनले छुट्टै राहतसहितको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी, कोरोना भाइरसबाट विश्वभर १ करोड ९७ लाख ६९ हजार संक्रमित भइसकेका छन् । भाइरसका कारण ७ लाख २९ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।