उदयपुर– उदयपुरका २ सहायक वन अधिकृत सहित ६ वन कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । घुस लिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ६ वन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।


ADVERTISEMENT


आयोगका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा सव डिभिजन वन कार्यालय मैनामैनी प्रमुख/सहायक वन अधिकृत शिवनारायण यादव समेतले सेवाग्राहीसग १७ हजार रुपैयाँ घुस र रिसवत लिएको भन्ने उजुरी परेको उल्लेख छ । उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घुस सहित कर्मचारीलाई पक्राउ गरेको विज्ञप्तीमा उल्लेख छ ।


ADVERTISEMENT

# # #