काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्ष २०७७\७८ मा एक लाख टनभन्दा बढी खाद्यान्न खरिदका लागि करिब चार अर्ब नौ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


कम्पनीले देशमा अउन सक्ने अप्ठ्यारो परिस्थतिलाई ध्यानमा राखेर खाद्यान्न मौज्दात राख्ने, व्यावसायिक कारोबार गर्नुका साथै दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्नका लागि उक्त रकम विनियोजन गरेको हो । कम्पनीका अनुसार बजारमा खाद्यान्न आपूर्ति व्यवस्थालाई सहज बनाउन एक लाख टन खाद्यान्न खरिद गर्न लागेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उहाँका अनुसार यसपटक व्यापार गर्ने उद्देश्यसहित ६० हजार मेट्रिक टन धान र २५ हजार मेट्रिक टन चामल खरिद गर्ने लक्ष्य लिएर धानका लागि एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपियाँ र चामलका लागि करिब एक अर्ब २६ करोड ९२ लाख रुपियाँ छुट्याइएको छ ।