काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा ९ हजार ८५९ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् भने ८ हजार २५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हालसम्म १६ हजार ८३७ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा १०९ जना निको भएका छन् ।