सिन्धुपाल्चोक-  सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरो गएको छ ।  पहिरोमा पाँच घर पुरिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोले १३ घरमा क्षति पुगेको छ । मानवीय क्षति भए नभएको बारेमा अहिले केही भन्न सकिने अवस्था नरहेको उनले बताए । पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइ रहेको छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले प्रहरी टोली घटनास्थलतर्फ गएको र त्यहाँ पुग्न ४ घण्टा लाग्ने बताए । उनका अनुसार प्रहरी घटनास्थल पुगेपछि मात्रै क्षतिबारे थप जानकारी आउने छ ।


ADVERTISEMENT

# # #