काठमाडौं – कोरोना संक्रमणका कारण नेपाल गरिएको ४ महीना लामो बन्दाबन्दीका कारण गत आर्थिक वर्ष २०७५÷७६ मा वाणिज्य बैंकहरुको समग्र वित्तीय विवरण प्रभावित भएको छ । बैंकको तेस्रो तैमासमा करीब १ महीना र अन्तीम चौमासभर लकडाउनको सामाना गर्नुपरेपछि वाणिज्य बैंकहरुको बैंकको ब्याज, नाफा, विवरणयोग्य नाफादेखि प्रतिशेयर आम्दानीसम्मका परिसूचक प्रभावित भएका हुन् ।


ADVERTISEMENT


बिहीवारसम्म २७ मध्ये नबिल, नेपाल बैंक, सिटजन्स बैंक इन्टरनेशनल, सिद्धार्थ र बैंक अफ काठमाण्डुले गरी ५ वटा बैंकले आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरेकोमा ती बैंकहरुको खुद नाफा घटेको देखिएको छ । उनीहरूको ब्याज आम्दानी, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानी तथा विवरणयोग्य नाफा घटेको छ । गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा नबिल बैंकको १६ प्रतिशत, नेपाल बैंकको २ प्रतिशत र सिद्धार्थ बैंकको ७ प्रतिशतले खुद नाफा घटेको छ । यस्तै बैंक अफ काठमाण्डुको २२ प्रतिशत, सिटजन्सको २४ प्रतिशतले खुद नाफा घटेको देखिएको छ ।


ADVERTISEMENT

# # #


बैंकहरुको आम्दानीको मुख्य स्रोत कर्जाको ब्याजबाट भएपनि नेपाल राष्ट्र बैंकले गत चैतमा बन्दाबन्दीका कारण चैतसम्म भुक्तानी गर्नुपर्ने ब्याजको सीमा असारसम्म सारेको र त्यसपछि पुनः बैंक किस्ताको समय अशोजसम्म थप गरिएकोमा त्यसको असर आम्दानीमा परेको बैंकहरुले बताएका छन् । ब्याज आम्दानीमा आएको कमीले प्रत्यक्ष रुपमा वित्तीय परिसूचक पनि प्रभावित भएको बैंकरहरूको भनाइ छ ।

कोरोनाका कारण बैंकीङ क्षेत्र प्रभावित भएपनि कोरोनाको संक्रमण सकिएसँगैं आगामी दिनमा आर्थिक क्रियाकलपा चलायमान हुने र यसले बैंकहरुको वित्तीय परिसूचक सकारात्मकतर्फ लाने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘कोरोनाका कारण बैंकहरुले ठूलो क्षति ब्यहोर्नु परेको छ, तर यो संक्रमणपछि आर्थिक क्षेत्र चलायमान हुँदै जाने भएकाले बैंकहरू छिट्टै पुनजीवित हुनेछन् ,’ उनले बताए ।