पर्सा- पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवलाई कोरोना कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौँमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख यादवले स्वयमले जानकारी दिए । यसअघि वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।


ADVERTISEMENT


थप उपचारका लागि यादव गत सोमबार हेलिकप्टर मार्फत काठमाडौँ आउनु भएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि गत शुक्रबार उनी वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका थिए । चिकित्सकका अनुसार यादवलाई स्वासप्रश्वासको समस्याका साथै खकारमा रगत देखिएको थियो । दुबै फोक्सोमा निमोनियाको संक्रमण र अक्सिजनको पनि कमी थियो । उनको धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचार भईरहेको छ । नगर प्रमुख यादवले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #