काठमाडौं- अमेरिकामा बेरोजगारी दर गत मार्च पछिकै न्युन अवस्थामा पुगेको छ । हाल अमेरिका भर ९ लाख ६३ हजार मानिस बेरोजगार रहेको त्यहाँको श्रम विभागले उल्लेख गरेको छ ।


ADVERTISEMENT


गत मार्चमा ६९ लाख मानिसले रोजगारी गुमाएको अमेरिकी श्रम विभागको तथयांक छ । गत जुलाइमा ५ मध्ये १ अमेरिकीको मात्रै रोजगारी सुरक्षित रहेको अवस्थामा हाल सुधार आएको दाबी गरिएको छ । सन् १९८२ मा अमेरिकामा बेरोजगारी दर उच्च रहेको थियो ।अमेरिका सरकारले रोजगारी गुमाएका जनतालाई सातामा ६ सय डलर सम्म बेरोजगारी भत्ता दिने योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #