पाल्पा- अविरल बर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बिहानैबाट अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–५, मस्याम कालीमाटी नजिक र तिनाउ–६, सिसुवामा ठूलो पहिरो गएको प्रभास प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक एक्काबहादुर नेपालीले बताउनुभयो ।


ADVERTISEMENT


कालीमाटी नजिक गत चैतमा सडक चौडा गर्न घुम्ती काटिएको थियो । सडक डिभिजनको समन्वयमा सडकमा खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । पहिरो खसेर सडक अवरुद्ध हुँदा राजमार्गमा सवारी साधन र यात्रु अलपत्र छन् ।


ADVERTISEMENT

# # #