विराटनगर — कोसी अस्पतालको आइसोलेसनमा बिहीबार मृत्यु भएका विराटनगर–१५ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


टाउको दुखने, ज्वरो आउने र श्वास्प्रश्वाससम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बेलुका ४ बजे मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


शुक्रबार आएको मृतकको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

योसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ ।