काठमाडौं – कम्पनी रजिस्टार कार्यालयले भदौ १ देखि लागू हुने गरी आफ्ना सबै सेवा डिजिटलाइजशेन गरेको छ । ७ वर्ष अघि अनलाइन सेवा शुरु गरेको कार्यालयले भदौदेखि लागू हुने गरी सबै सेवा डिजिटलाइज गर्दै अनलाइनमार्फत मात्र दिने तयारी गरेको हो ।


ADVERTISEMENT


यो सेवा लागू भएपछि कम्पनी दर्ताका लागि नयाँ कम्पनीले सम्पूर्ण कागजात र विवरण अनलाइनमार्फत पेश गर्नुपर्नेछ । यस्तै नयाँ तथा पुराना सबै कम्पनीले आफ्नो वार्षिक प्रतिवेदन र लेखापरीक्षणको प्रतिवेदन पनि कार्यालयलाई अनिवार्य रुपमा अनलाइनमार्फत बुझाउनुपर्नेछ ।


ADVERTISEMENT

# # #


यसअघि कार्यालयमा दर्ता हुने कम्पनीको छुट्टै फायल बनाइने गरिएकोमा यो प्रक्रिया लागू भएपछि कम्पनीको सबै विवरणलाई विद्युतीय अभिलेख गर्नेछ । हालसम्म कम्पनी २ लाख ३७ हजार कम्पनी दर्ता भएकोमा अनिवार्य अनलाइन सेवा शुरु भएपछि कम्पनीको विवरण हेर्न अभिलेख राख्न सहज हुनेछ । यसले कार्यालयमा सेवाग्राहीको अनावश्यक भीड कम गर्न सहज हुने, सेवा छिटो छरितो हुने र वेभसाइटबाटै सेवा पाउने भएपछि नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ता पनि आकर्षित हुने कार्यालयका प्रवक्ता एवं उपरजिस्टार तुलसीराम गैरले बताए ।