काठमाडौं – नेपालमा भएको लकडाउनपछि अधिकांश व्यवसाय धरासयी भएपछि व्यवसायीहरुले छूट र स्कीमको अफर ल्याएपनि अपेक्षाअनुरुप व्यवसाय हुन नसकेकोमा मोबाइल र ल्यापटपको भने मूल्य बढेपनि माग बढेको छ ।


ADVERTISEMENT


अहिले बजारमा मोबाइल र ल्यापटपको मूल्य १० देखि ३० प्रतिशतसम्म वृद्धि भएपनि यस्ता ग्याजेटको माग बढिरहेको व्यवसायीहरुले बताएका छन् ।
लकडाउन खुकुलो भएपछि साउन यता गत वर्षको तुलनामा माग बढेको ताम्राकार मोबाइल संघका सचिव गुरु शर्माले बताए । ‘हामीसँग सामान छैन, चार्टड विमानमा सामान ल्याउनुपर्ने हुँदा आयात गर्न कठिन छ तर बजार माग भने उच्च छ,’ उनले बताए ।


ADVERTISEMENT

# # #


मोबाइल फोन आयात एशोसिएसनका अध्यक्ष एवं सामसुङ नेपालको आधिकारिक विक्रेता आइएमएस ग्रूपका कार्यकारी अध्यक्ष दीपक मल्होत्राले भच्र्युल वार्ता, अनलाइन कक्षा र अनधिकृत रुपमा भित्रिने मोबाइल फोनको आयात रोकिएकाले माग बढेको हुन सक्ने बताए । उनी भन्छन्, ‘खुला सीमाका कारण मोबाइलको ५० प्रतिशत हिस्सा अनधिकृत बजारले आगटेको थियो, अहिले त्यो बन्द भएकाले माग बढेको जस्तो देखिएको हो।’

यद्यपि, चार्टड विमानमा सामान आयात गर्नुपरेकाले ढुवानीमा खर्च बढेको उनी बताउँछन् । ‘नियमित उडान बन्द भएकाले चार्टड विमानबाट आयात गर्नुपरेकाले खर्च बढेको छ,’ उनले बताए ।

व्यवसायीहरुकाअनुसार यतिवेला बजारमा सामसुङ, ओप्पो, एमआई, रेडमी र हुवाए कम्पनीका मोबाइलको माग अन्यभन्दा बढी रहेको छ । यसपछि भिभो, लाभा, सोनी, कलर्स, जियोनी कम्पनीका मोबाइलको माग पनि पहिलेको भन्दा बढेको छ ।