वीरगन्ज — ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका एक  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


ADVERTISEMENT


कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहका अनुसार वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो । ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । डा. सिंहका अनुसार मृतक ६० वर्षीय पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए । साउनयता मात्रै पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #