काठमाडौँ, फागुन २४ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिम्सिना गृह मन्त्रालय बोलाइएपछि सप्तरीको राजविराजमा कर्फ्यु लगाउने निर्णयबाट स्थानीय प्रशासन पछि हटेको छ ।


ADVERTISEMENT


सोमबार गोली लागेर तीन जनाको मृत्यु भएको घटनाको विरोधमा मधेसी मोर्चाले विहानैदेखि प्रदर्शन गरेको थियो । बन्दकर्ताले सरकारी कार्यालयहरुमा तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त भयो ।
लगतै तिम्सिनाले सुरक्षा बैठक बोलाए, जसले अब कर्फ्यु लगाउनु पर्छ भन्ने निष्कर्ष निकाल्यो । कर्फ्यु लगाउने निर्णयको माइन्यूट नहुँदै यो खबर जिल्लास्थित सञ्चारकर्मीहरुलाई दिइयो । डीएसपी स्वयंमले खबर गरेका थिए ।


ADVERTISEMENT

# # #


तिम्सिना पनि माइन्यूट नहुँदै हिँडे, किनकी प्रधानमन्त्री प्रचण्डले राजविराज घटनाबारे जानकारी लिन काठमाडौं बोलाएका थिए । उनले राजविराज नछाड्दै गृह मन्त्रालयले सीडीओ तिम्सिना मात्र होइन, जिल्लाका सशस्त्र र नेपाल प्रहरीका प्रमुखलाई पनि केन्द्रमा बोलाउने निर्णय गर्‍यो ।

जिल्लामा आन्दोलन गरिरहेकाहरुको माग पनि उनीहरुलाई निलम्बन गर्नु पर्ने थियो ।

सीडीयो केन्द्रमा बोलाइएपछि तोडफोड केन्द्रित हुन लागेको प्रदर्शन पनि केही मत्थर भयो ।

जिल्ला प्रशासन र सुरक्षाका अधिकारीहरु पनि कर्फ्यु लगाउन हच्किए । उनीहरुले सकेसम्म कर्फ्यु नलगाई स्थिति काबुमा लिन प्रयास गर्ने समझदारी गरे । सीडीओ गृहमा तानिएपछि निमित्त प्रजिअको जिम्मेवारी पाएका प्रशासकीय अधिकृत प्रेम उपाध्यायले कर्फ्यु लगाउने निर्णय नभएको बताए ।

प्रशासनका एक अधिकारीले भने सीडीओ तानिएपछि आफूहरु पछि हटेको स्वीकार गरे । उनले भने, ‘कर्फ्यु लगाउनुपर्छ भन्ने त भएको हो । तर, सीडीओ, सुरक्षा प्रमुख सबै काठमाडौं जाने भएपछि सबै हाम्रो थाप्लोमा नै आउँछ । सकेसम्म कर्फ्यु नलगाई स्थिति नियणन्त्रमा लिऔं भनेर रोक्यौं ।