पर्सा- एक जना सञ्चारकर्मी सहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ र बाराका २ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार साँझ संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष उमेर समुहका ३७ जना पुरुष र १० जना महिला गरी ४७ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


थपिएका संक्रमितहरुमा वीरगञ्ज महानगरका बिभिन्न वडाका १३ जना , नारायणी अस्पतालका ७ जना , प्राईम फर्मा उद्योगका ६ जना , नारायणी अस्पतालको आइृसियूमा उपचाररत १ पुरुष र १ महिला गरी २ जना , एक जना पत्रकार , वयोधा अस्पतालका तीन जना कर्मचारी , पर्सा कै पोखरिया नगरपालिकाका बिभिन्न वडाका १२ जना , पर्सा कै बहुदरमाइ नगरपालिकाका १ जना पुरुष रहेका छन् ।

त्यस्तैगरी संक्रमण पुष्टि भएका अन्यमा बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष गरी २ जना रहनु भएको छ ।शनिबार थपिएका ४५ जना संक्रमितसँगै पर्सामा संक्रमितको संख्या एक हजार २ ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।