मकवानपुर — मकवानपुरमा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा लगाइएको निषेधाज्ञा नौ दिनका लागि थप गरिएको छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


प्रशासनले साउन २६ गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा आइतबार राति १२ बजेबाट सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र संयोजक दीपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकोमा अहिले ८ बजेसम्म मात्रै किनमेलको समय दिइएको प्रजिअ नेपालले जानकारी दिए ।


ADVERTISEMENT

# # #