काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका १२६ जना, ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एपीएफ अस्पताल काठमाडौँमा काठमाडौँका ३ जना, विध ल्याबमा काठमाडौँका ६ जना र ललितपुरका १ र बी एन्ड बी प्रयोगशालामा ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १७ जना, ह्याम्स अस्पताल प्रयोगशालामा काठमाडौँका १९, भक्तपुरका १ जना र ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौँका ४ जनामा कोरोना पाइएको छ ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ललितपुरका २७ जना, काठमाडौँका ९ जना र भक्तपुरका १ जना, सूर्या ल्याब काठमाडौँमा काठमाडौँका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका ९ जना र ललितपुरका ६ जना भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा काठमाडौँका २४ जना, ललितपुरका ्र२ जना र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका २९ जनामा कोरोना पाइएको छ । यो काठमाडौँ उपत्यकामा एकै दिन देखिएको अहिलेसम्मकै उच्च संख्या हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ६४१जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १३४ जना निको भएका छन् भने हालसम्म १७ हजार ३३५ जना उपचारपछि निको भएका छन् । आजसम्म १०४ जनाको मृत्यु भएको छ ।