काठमाडौँ – विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय कार्डमार्फत सार्वजनिक यातायातको भाडा तिर्न सकिने गरि डिजिटल भुक्तानी प्रणाली शुरु गरेको छ । आइतवार कम्पनीले आफ्ना ४ वटा विद्युतीय बसमार्फत यो सेवा शुरु गरेको हो ।


ADVERTISEMENT


कम्पनीले डिजिटल पेमेन्ट सम्बन्धी काम गरिरहेको ई–ढेवा प्रालिसँगको सहकार्य यो सेवा शुरु गरेको हो । डिजिटल भुक्तानी सुविधा रहेका सबै प्रकारका सार्वजनिक यातायातमा कार्ड प्रयोग गर्न सकिने गरी कम्पनीले कार्ड सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


कार्ड ई–ढेवामार्फत रु. २०० र ५०० मा खरीद गर्न सकिनेछ । यसले अब खल्तीमा पैसा बोक्न नपर्ने र कार्डमार्फत भाडा तिर्न सक्ने सुविधा यात्रुमा रहने विश्वास कम्पनीको छ । कम्पनीका अध्यक्ष भेष बहादुर थापाले सार्वजनिक यातायातलाई पनि डिजिटल युगमा लाने उद्देश्यले यो सेवा शुरु गरिएको बताए ।