काठमाडौं –  मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएका कारण वर्षा भइरहेको हो ।


ADVERTISEMENT


अहिले (बिहान) देशभर आंशिक देखि सामान्य बदलीको रही प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थान र बांकी प्रदेशका एकदुई स्थानहरुमा वर्षा भइरहेको विभागको भनाइ छ ।  विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही  केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


ADVERTISEMENT

# # #


सोमबार राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशका केही स्थानमा  भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।