काठमाडौँ – दुई वर्षअघि कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनाको अनुसन्धान गरी पिडकलाई कारवाही गर्नुपर्ने मागसहित सामाजिक सञ्जाल फेसबुकमा अभियान चलेको छ । २०७५ साउन १७ गते कञ्चनपुरमा मृत भेटिएकी थिइन् । उक्त घटना निश्कर्ष नपुगेको र पिडीतको परिवारले हालसम्म पनि न्याय नपाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘जस्टिस फर निर्मला पन्त’ अभियान चलाएका हुन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री राम बहादुर थापा ‘बादल’, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायतका शीर्ष सत्तापक्ष र प्रतिपक्ष नेताहरुका प्रोफाइल तस्वीरमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निर्मलाका लागि न्याय पोस्टरसहित ह्यासट्यागमा ‘जस्टिसफरनिर्मलापन्त’ अभियान चलाएका छन् । यस्तै नेपाल प्रहरीको फेसबुक पेजमा पनि यस प्रकारका कमेन्टहरु लगातार आइरहेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीको पेजमा ४ वर्ष अघि बदलिएको प्रोफाइल तस्वीरमा हालसम्म साढे ३ लाख ७३ हजार बढीले कमेन्ट गरिसकेकोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले न्यायका लागि दबाब दिएका छन् ।