काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये महिला १७३ र पुरुष ४०८ रहेका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ५२० जनाको पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख २९ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।


ADVERTISEMENT

# # #


हाल क्वारेन्टिनमा १५ हजार १९८ जना रहेका छन् भने ९ हजार ६३९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । हालसम्म १७ हजार ४९५ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा १६० जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १०७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।