काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय एक पुरुष, मोरङका ६० वर्षीय एक पुरुष र काठमाडौँका ५८ वर्षीय एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


यससँगै नेपालमो कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १७ हजार ४९५ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


शनिबारसम्म पीसीआर विधिबाट ५ लाख २९ हजार ४२७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १११२ हजार ५२० पीसीआर परीक्षण भएका छन् ।

हाल क्वारेन्टिनमा १५ हजार १९८ जना रहेका छन् भने ९ हजार ६३९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।