बाँके – बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । सोमबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । साउन ३२ गतेदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


ADVERTISEMENT