काठमाडौँ – सरकारले साउन २९ गते भदौ १ गतेदेखि विदेशमा अलपत्र नेपाली कामदारलाई उद्धार गर्ने निर्णय गरेपछि सोमवार उद्धारका लागि उडेका एयरपोर्ट यात्रु नबोकी रित्तै फर्किए । कारण थियो सोमवार दिउसो सरकारले गरेको उद्धार स्थगत गर्ने निर्णय ।


ADVERTISEMENT


सरकारले उद्धारका लागि तय भइसकेका चार्टड उडान स्थगन गरेपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका चार्टड विमान रित्तै फर्किए । उद्धारपछि फर्किएका कामदारलाई काठमाडौंमा ७ दिनसम्म होटेल क्वारेन्टिनमा राखेर पिसिआर गरेर मात्र घर जान दिने निर्णय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सीसीएमसीएसी)को थियो । तर क्वारेन्टिनका लागि होटलको व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै सरकारलाई होटेल क्वारेन्टिनको व्यवस्थापन नभएसम्मका लागि उद्धार स्थगन गर्न पत्र लेखेको थियो ।


ADVERTISEMENT

# # #


स्वदेश फर्कन चाहने मुलुकमा रहेका नेपालीले त्यहाँको नेपाली राजदूतावाससँग सम्पर्क गरी दूताबासको सिफारिसमा स्वदेश फर्कने अनुमति पाएका थिए । यसरी पाँचौ चरणको उद्धारमा ५० हजार ६०० विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने तयारी भएपनि उद्धार स्थगन पछि उडान तय भइसकेका नेपाली एयरपोर्टमै अलपत्र परेका थिए । दुबईमा नेपालीलाई उद्धार गर्न पुगेको नेपाल एयरलाइन्सको जहाज उद्धार स्थगन गर्ने निर्णयपछि रित्तै फर्कियो, विना तयारी उद्धार गर्ने निर्णय गरी पुनः उद्धारकै दिन स्थगन गर्ने सरकारको निर्णयविरुद्ध उडानका लागि एयरपोर्ट पुगिसकेका नेपालीले सामाजिक सञ्जालमा तस्वीर राख्दै आक्रोश पोखेका छन् ।