काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ५२२ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख ५४ हजार ३८८ वटा को पीसीआर परीक्षण गरिएको छ ।


ADVERTISEMENT

# # #


हाल क्वारेन्टिनमा १३ हजार ५७१ जना रहेका छन् भने ११ हजार ११८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ३ हजार १३१ जना होम आइशोलेसनमा रहेका छन् भने ७९८७ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म १७ हजार ७०० जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६१.२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १२० जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १२० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।

कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
ओखलढंगामा १ जना महिला, झापामा १६ जना पुरुष, खोटाङमा १ जना, मोरङमा २८ जना महिला र ४१ जना पुरुष गरी ६९ जना, पाँचथरमा १ जना पुरुष, सुनसरीमा ५ महिला र ३१ पुरुष गरी ३६ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा ५ महिला र १० पुरुष गरी १५ जना, धनुषामा ७ महिला र २१ पुरुष गरी २७ जना, महोत्तरीमा ३ महिला र ९ पुरुष गरी १२ जना, पर्सामा ३४ महिला र ७४ पुरुष गरी १०८ जना, रौतहटमा १ महिला र ३ पुरुष गरी ४ जना, सप्तरीमा १३ जना पुरुष, सर्लाहीमा ४ महिला र १५ पुरुष गरी १९ जना र सिरहामा ४ महिला र १५ पुरुष गरी १९ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
भक्तपुरमा २ महिला र ६ पुरुष गरी ८ जना, चितवनमा १५ महिला र ९ पुरुष गरी २४ जना, धादिङमा १ जना पुरुष, काठमाडौँमा ४५ महिला र ८९ पुरुष गरी १३४ जना, ललितपुरमा ७ महिला र १० पुरुष गरी १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
गोरखामा १ महिला र २ पुरुष गरी ३ जना, कास्कीमा ५ जना पुरुष जना, लमजुङमा ३ जना पुरुष, नवलपरासी (पूर्व)मा २ महिला र १० पुरुष गरी १२ जना र तनहुँमा ४ जना पुरुष कोरोना पाइएको छ ।

प्रदेश ५ :
बाँकेमा ८ महिला र १० जना, दाङमा ३ जना पुरुष, कपिलवस्तुमा १ महिला र ५ जना पुरुष, नवलपरासी (पश्चिम)मा १ महिला, पाल्पामा १ पुरुष, प्यूठानमा २ जना पुरुष, बदिर्यामा २ जना पुरुष र रुपन्देहीमा ३३ महिला र २९ पुरुष गरी ५२ जना जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश स्
जुम्लामा २ महिला र ७ पुरुष, डोल्पामा १ पुरुष, दैलेखमा १ महिला र ३ पुरुष, सल्यानमा ५ महिला र १५ पुरुष गरी १७ जना र सुर्खेतमा ७ महिला र ६ पुरुष गरी १३ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
अछाममा ३ जना पुरुष, कैलालीमा २ महिला र १ पुरुष, २ महिला र २ पुरुष कोरोना संक्रमित थपिएका छन् ।