काठमाडौँ – दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गएका थिए ।


ADVERTISEMENT


यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो ।

राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको पार्थिव शरीरलाई बुधबार पशुपति आर्यघाटमा सलामी अर्पण गर्दै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा ।

राष्ट्रिकवि स्व. माधवप्रसाद घिमिरेलाई श्रद्घाज्ञली अर्पण गर्दै संस्कुती पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई

दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीर बुधबार पशुपति आर्यघाटमा हिन्दुपरम्परा अनुसार अन्येष्टि गर्नुपूर्व ब्रह्मनाल राखिदै ।

अन्त्येष्टिमा राष्ट्रकविप्रति राष्ट्रिय सम्मान गर्दै नेपाली सेना

अन्त्येष्टिमा राष्ट्रकविप्रति राष्ट्रिय सम्मान गर्दै नेपाली सेना र सशस्त्र प्रहरी बल ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा दागबत्ति दिंदै छोराहरु ।

तस्बिरहरु : रासस