काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको बेडसंख्या कोरोना संक्रमितको उपचारका लागि नछ्ट्याउने निजी अस्पताललाई पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गर्ने चेतावनी दिएको हो । यस्तै एक तिहाई बेड कोरोनाको उपचारका लागि छुट्याउने प्रतिष्ठान र मेडिकल कलेजलाई कोरोना परिक्षणका लागि प्रयोगशाला सञ्चालनको अनुमति दिने पनि निर्णय भएको छ ।


ADVERTISEMENT

# # #


बुधबार नियमित प्रेस बिफ्रिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको र सरकारी अस्पतालमा संक्रमितको चाप हुँदै गएकाले सरकार यसमा बाध्य भएको बताए । निजी अस्पतालले आउने एक दुई वर्ष कोरोना बाहेकको मात्रै उपचार गर्छु भन्न सम्भव नरहेको उनले बताए ।

‘समाजमा कोरोनाका बिरामी बढ्दै गएपछि जचाँउन आउने कोरोना नभएका व्यक्तिमा पनि संक्रमण सर्छ ।’ उनले भने, ‘अपरेसन गरेलगत्तै वा वार्डमा सारि सकेपछि उनीहरुमा कोरोना संक्रमण देखिन सक्छ । उनले यस्तो अवस्थामा ती संक्रमितलाई निजी अस्पतालले उपचार गर्दिन भन्न मिल्दैन ।’

पछि पूर्वसूचना अनुसार नै गरियो भने पछि हुनसक्ने भवितव्यलाई रोक्न सकिने प्रवक्ता डा. गौतमले बताए । ‘यसका लागि निजी अस्पतालले बेड, जनशक्ति छुट्याउनु पर्छ ।’ उनले भने, ‘सामानहरु उपलब्ध गराउनुहोस् । कोभिड, ननकोभिड सबैलाई उपचार गर्नुपर्ने हुन्छ । त्यो तपाईंको जिम्मेवारी हो ।’

कोरोना संक्रमितको उपचार नगर्ने हो भने संक्रमित बढ्दै गए अस्पताल बन्द गर्नुहुन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘उपचार पछि संक्रमण पुष्टि भए तपाईंहरुले हब अस्पतालको समन्वयमा सार्न सक्नुहुन्छ । हब अस्पतालमा नै बेड छैन भने के गर्नुहुन्छ ? मर्न दिनुहुन्छ ? घर पठाउनु हुन्छ त्यो बिरामीलाई ? त्यसकारण संक्रमितको पनि उपचार गर्नुपर्ने बाध्यता आइपर्छ । यसैका लागि बेड छ्ट्याउनुहोस् भनिएको हो । ’