काठमाडौँ – नेपाली युवा क्रिकेटर सन्दीस्प लामिछानेले आजदेखि आठौँ संस्करणको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सहभागिता जनाउँदै छन् ।


ADVERTISEMENT


सन्दीप आवद्ध टिम जमाइका तल्हवाजले आज एसटी लुसिया जोउक्सविरुद्ध खेलेर सीपीएलको सुरुवात गर्दैछ । जमाइकाले टस जितेर बलिङ राजेको छ । खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुँदैछ । सन्दीप लामिछाने पनि जमाइकाको प्लेइङ ११ मा रहेका छन् । सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपले बताएका छन् ।


ADVERTISEMENT

# # #


सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन् ।

प्लेइङ ११

जमाइका : ग्लेन फ्लिप्स (विकेटकिपर), च्याडविट वाल्टन, रोभम्यान पावेल(कप्तान), आसिफ अलि, आन्द्रे रसेल, कार्लस् वार्थरवेट, विरासम्मी परमउल, सन्दीप लामिछाने र मुजिब उर रहमान ।
एसटी लुसिया : आन्द्रे फ्लेचर (विकेटकिपर), राहकिम कर्नवाल, मार्क डेयाल, रोस्टन चेस, नजिबुल्लाह जदरान, मोहम्मद नावी, डारेन सम्मी (कप्तान), स्टक कग्लेइन, ओब्लेद म्याक्वेद, केस्रिक विलियम्स र सायद विन जफार ।