काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा आजदेखि आगामी १० दिनसम्म निशेधाज्ञा जारी गरिएको छ । बुधवार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा बसेको वैठकले जिल्लाभर निशेधाज्ञा लगाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


 

जिल्लामा स्वास्थ्य, खाद्यान्न, औषधिजन्य पसल लगायत दैनिक आवश्यक सामाग्रीबाहेकका सबै उद्योग पसलहरु बन्द गरिएका छन् । अत्यावश्यक सामान खरीदका लागि न्यूनतम भौतिक दूरी कायम गरी खरीद विक्रीको सेवा खुला गरिएकोमा अनावश्यक चहलपहल भएमा कडा कारवाही गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी बोहोराले बताए ।


ADVERTISEMENT

# # #