काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रकम उपलब्ध गराएको छ ।


ADVERTISEMENT


फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १३ लाख ८५ हजार ४६५ रुपैंयाको चेक हस्तान्तरण गरेकी छन् ।


ADVERTISEMENT

# # #


उक्त रकम बराबरको चेक ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वव्यापी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम नियन्त्रण गर्न समुदाय र वित्तीय संस्थाहरुले निर्वाह गरेको भूमिकाको प्रशंशा गरेका छन् ।

फरवार्ड माइक्रोफाइनान्स संस्थाबाट रु १० लाख, वित्तीय संस्थाका कर्मचारीहरुको एक दीनको तलब बराबर रु ३ लाख ८५ हजार ४ सय ६५ रहेको छ ।

यसै गरी फरवार्डले प्रदेश सरकार अन्तर्गत स्थापना गरीएको राहत कोषमा पनि रकम हस्तान्तरण गरेको छ । वित्तीय संस्थाको जिल्ला स्थानिय निकाय राहत सामग्री एवम् सेनिटाइजर माक्स पीपीई वापत सातै प्रदेशलाई १० लाख खर्च गरिने फरवार्डकी अध्यक्ष भगवती चौधरीले बताइन् ।

फरवार्डले सिआरएस अन्तर्गतको रकम पनि कोरोना कोषमा हस्तान्तरण गर्ने छ ।