काठमाडौँ – गृह मन्त्रालयले कोरोनाविरुद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीमाथि भइरहेको दुव्र्यबहारका घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै दुव्र्यबहार गर्नेलाई कारवाही गरिने बताएको छ ।


ADVERTISEMENT


 

शनिवार बानेश्वरमा भएको स्वास्थ्यकर्मीमाथिको दुव्र्यबहारपछि गृहले आइतवार विज्ञप्ति निकाल्दै त्यस्ता व्यक्तिलाई कारवाही गरिने बताएको हो । आफू मातहतका निकायलाई कारवाहीका लागि निर्देशन दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


 

शनिवार बानेश्वरको लर्डबोर्ड होस्टलमा बसिरहेका सिभिल अस्पतालका डाक्टरमाथि दुब्र्यबहार भएको थियो । स्थानियले होस्टल घेरेर टोलमा स्वास्थ्यकर्मी नराख्न भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गा प्रहार गरेका थिए ।