काठमाडौँ – सरकारले भदौ १६ गतेदेखि अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुन कुन देशमा उडान गर्ने भन्ने कार्यतालिका बनाइरहेको छ ।


ADVERTISEMENT


अन्तरारष्ट्रिय उडान खुल्ने निर्णयपछि आन्तरिक उडान कहिलेबाट खुल्ला भन्ने उत्सुकता धेरैमा छ । सरकारले अहिलेसम्म आन्तरिक उडानबारे कुनै निर्णय गरिसकेको छैन । पर्यटनमन्त्री योगेश भट्टराईले देशभरका विभिन्न ठाउँमा निशेधाज्ञा भएकाले तत्काल आन्तरिक उडान शुचारु हुने अवस्था नरहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


मन्त्रालयले कोरोनाको जोखिम नभएका पहाडी र हिमाली जिल्ला तथा काठमाडौँलाई जोड्ने गरी उडान सुचारु गर्ने तयारी भने गरिरहेको छ । वायु सेवा सञ्चालकहरुसँग छलफल गरेर त्यस्ता जिल्लामा कसरी उडान गर्न सकिन्छ भन्ने छलफल गरि निर्णय गरिने जानकारी पर्यटनमन्त्री भट्टराईले दिए ।

उनकाअनुसार आन्तरिक उडानबारे मन्त्रिपरिषद्मा प्रस्ताव लिने तयारी भइरहेको छ । तत्काल उडान शुरु गर्न नसकिने अवस्था भएकाले दशैँ–तिहारलाई लक्षित गरी उडान सुचारु हुने मन्त्री भट्टराईले बताए ।