काठमाडौँ– काठमाडौँ उपत्यकामा एक साता निशेधाज्ञा थपिने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को वैठकले भदौ १० गतेसम्मको निशेधाज्ञालाई १७ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


उपत्यकाका तीन जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्रको वैठकमा सीडीओले यस्तो निर्णय गरेका हुन् । निर्णय सिफारिस गर्दै गृह मन्त्रालयमा पठाइएकोमा गृहको स्वीकृतिलगत्तै निशेधाज्ञा एक साताका लागि लम्बिनेछ ।


ADVERTISEMENT

# # #


काठमाडौँमा कोरोना संक्रमण बढ्दै गएपछि यसअघि भदौ २ गतेको छलफलमार्फत उपत्यकाका तीन जिल्लाका सीडीओले ३ गतेदेखि १० गतेसम्मका लागि निशेधाज्ञा गर्ने निर्णय गरेका थिए । निशेधााज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ ।