दार्चुला – दार्चुला जिल्ला सदरमुकाम खलंगामा पहिलो पटक विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्याल दार्चुलाको आयोजनामा आज “जीवन परिवर्तनका लागि एक मिनेट” भन्ने नारा सहित दार्चुलामा पहिलो पटक विश्व आत्महत्या दिवस मनाइएको हो ।


ADVERTISEMENT


जिल्ला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विश्वमै अहिले आत्महत्याका घटना बढिरहेको धारणा राखे । गरिवी, अशिक्षा, बेरोजगारी, घरेलु हिंसा, मानसिक तनावका लगायत विविध कारणले आत्महत्याका घटना बढिरहेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका आपराधिक घटनाहरु मध्ये सबैभन्दा बढी आत्महत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।