दुधौली, सिन्धुली । बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत प्रहरी जवान देखि जुनियर प्रहरी अधिकृतसम्मका १०८ प्रहरी कर्मचारीहरुलाई विभिन्न समूहमा बिभाजन गरी व्यवसायिक दक्षता अभिबृद्धिको निमित्त गत भदौ ७ गते देखि संचालन गरिएको दुई कार्यदिन अवधिको “हतकडी प्रयोग विधि सम्बन्धी अनुशिक्षण तालिम” बुधबार सम्पन्न भएका छ ।


ADVERTISEMENT


केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा सो तालिम कार्यक्रम समापन भएको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा एसएसपी भण्डारीले हतकडी प्रयोग सम्बन्धमा आफ्नो व्यवसायिक जीवनको अनुभव बताउँदै अपराध नियन्त्रण तथा अनुसन्धान र समाजमा शान्ति सु व्यवस्था कायम राख्न प्रत्येक प्रहरी कर्मचारी हतकडी प्रयोग Basic Police Tactics And Techniques लगायत बारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप र कौशलतमा निपूर्ण हुन आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

तालिमले सहभागीहरुलाई व्यवसायिक दक्षता अभिबृद्धि गर्नुका साथै हतकडी प्रयोग सम्बन्धमा समय सापेक्ष अद्यावधिक गराएको एसएसपी भण्डारीको भनाई छ ।

विश्वभर फैलिरहेको कोभिड १९ संक्रमणको बर्तमान समयमा हतकडीको प्रयोग गर्ने क्रममा अपनाउनु पर्ने सुरक्षात्मक उपायहरुको बारेमा समेत एसएसपी भण्डारीले निर्देशन दिएका छन् ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरिक्षक लक्ष्मण केसीले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका छन् । सहभागीहरुको तर्फबाट प्रहरी सहायक निरिक्षक प्रशान्त राईले तालिमबाट हतकडी प्रयोग विधि सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप र कौशल प्राप्त गरेको र यसलाई प्रशिक्षणका गतिविधिमा समेत प्रयोग गर्न सक्ने आत्मविश्वास बृद्धि भएको बताएका छन् ।

हेर्नुहोस् तस्बिरहरु :