काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


आज यहाँ बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ । व्यवस्थापिका–संसद्मा यस पार्टीका १८ सांसद छन् ।
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सहयोग गर्ने र आसन्न तेस्रोचरणको स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा छिट्टै सहभागी हुन लागेको अध्यक्ष पशुपति शम्शेर जबराले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दल मान्यता प्राप्त गरेको हो ।