काठमाडौं – सज्जा चौलागाईं नेपाल आइडल बनेकी छन् । एपी वान टेलिभिजनबाट प्रसारित रियालिटी सो कार्यक्रमको शुक्रबार भएको सिजन–३ संस्करणको   ग्राण्ड फिनालेमा सज्जाले उपाधि जितेकी हुन् । फस्ट रनरअप प्रवीण बेडुवाल बनेका छन् भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बनेका छन् ।


ADVERTISEMENT


दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।


ADVERTISEMENT

# # #


नेपाल आइड–३ को उपाधिसहित विजेता सज्जाले ले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यस्तै फस्ट रनरअप प्रवीणले १० लाख र सेकेन्ड रनरअप किरणले पाँच लाख नगद प्राप्त गरेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । कार्यक्रमको निर्णायक मण्डलमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी छन् । प्रस्तोता आसिफ शाह हुन् ।

टिमकै एक जनामा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि कार्यक्रम सम्पन्न गर्दै आइडल टिम आईसोलेसनमा बसेको प्रोजेक्ट हेड पौडेलले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।