काठमाडौं – आइएमईले डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको छ ।


ADVERTISEMENT


नयाँ सुविधा अन्तर्गत स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सकिने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्न ‘रिसिभ’ बटम थिचेर आफ्नै वालेटमा प्राप्त गर्न सकिनेछ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सकिनेछ । यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ ।

आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज र रू.५० सम्मको बोनस पनि प्राप्त हुन्छ ।

आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवा उपलब्ध गराउनेछन्। आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ ।