काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मापदण्ड बनाएर अनलाइन डेलिभरी सेवा पुनः सञ्चालन गर्न दिने भएको छ ।


ADVERTISEMENT


कार्यालयले मापदण्ड बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी भट्टको संयोजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृतका एकएक जना प्रतिनिधिसहितको समिति बनाएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल अध्यक्षताको बैठकले सोमवारसम्म मापदण्ड बनाउन सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । अत्यावश्यक वस्तु मात्रै सुरक्षाको मापदण्ड अपनाएर होम डेलिभरी गर्न पाइने गरी समितिले मापदण्ड निर्माण गर्नेछ ।

गत बिहीवार काठमाडौंका विभिन्न स्थानमा खटिएको प्रहरीले निषेधाज्ञामा अनलाइन डेलिभरी बन्देज गरिएको बताउँदै ६५ जना अनलाइन चालकलाई नियन्त्रणमा लिएको थियो । साथै, विभिन्न इ–कमर्श कम्पनीका सञ्चालकलाई कार्यालयमै बोलाएर सेवा बन्द गर्न चेतावनी दिएर छाडिएको थियो ।

प्रहरीको हस्तक्षेप पछि व्यवसाय पुनः सुचारु गर्न ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले काठमाडौंका सीडीओ दाहाललाई शुक्रवार ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रपछि सीडीओ दाहालले सुरक्षा निकाय, स्वास्थ्यविज्ञ र अनलाइन डेलिभरी कम्पनीको उपस्थितिमा बैठक सम्पन्न गरेका थिए ।