काठमाडौँ – कोभिड १९ को संक्रमणका कारण यतिवेला देशभरको सार्वजनिक यातायात र आन्तरिक उडान बन्द छ । अधिकांश जिल्लामा बन्दाबन्दी रहेकोमा खुला रहेका जिल्लामा आन्तरिक सार्वजनिक यातायात सञ्चालनमा छ । आन्तरिक उडान र लामो दूरीको सार्वजनिक यातायात कहिले खुल्छ भन्ने धेरैको चासोको विषय हो ।


ADVERTISEMENT


सरकारले भदौ मसान्तभरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान नखोल्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको हो।


ADVERTISEMENT

# # #


‘कोभिड जोखिमका कारण सार्वजनिक यातायात र आन्तरिक उडान खुला गर्न सम्भव छैन, अवस्था हेरेर अशोजपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ एक मन्त्रीले बताए ।

यसअघि भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरिएको थियो ।