काठमाडौँ – यतिवेला विश्व कोरोना संक्रमणका कारण आक्रान्त छ । दैनिक क्रियाकलाप, उद्योग, व्यवसाय, चहलपहल ठप्प छ । विश्व महामारीका रुपमा चित्रित कोरोनाको निको हुने प्रतिशत भने अन्य संक्रामक रोगभन्दा उच्च देखिएको छ ।


ADVERTISEMENT


हालसम्म कोरोनाको कुनै भ्याक्सिन र औषधि उपलब्ध छैन । यद्यपि, विश्वभर हालसम्म ७० प्रतिशत संक्रमितले रोगलाई जितिसकेका छन् भने मृत्युदर ३ प्रतिशत मात्र रहेको छ । २७ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कोरोनालाई जितेर निको हुनेको संख्या १ करोड ७७ लाख ७८१ पुगेको छ । भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५३ लाख ७७ हजार ७१० रहेको छ । विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ५० हजार १ सय ४९ पुगेको छ भने ६८ लाख २६ हजार ७८० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ ।

कोरोनाभन्दा मुटु रोग, स्ट्रोक, अन्य श्वासप्रश्वाससम्बन्धी रोग, क्रोनिक पल्मोनरी रोग लगायतको मृत्युदर उच्च रहेको छ । विना उपचार निको हुनेको संख्या अत्यधिक रहेपनि विगत ६ महीनादेखि विश्व ठप्प अवस्थामा भएकाले लकडाउन खोल्नुपर्ने, अनिवार्य मास्क लगाउनुपर्ने लगायतका बाध्यता अन्त्य गर्दै अवस्था सामान्य गर्नुपर्ने मागसहित विश्वभर विभिन्न ठाउँमा प्रदर्शनी हुन थालेका छन् ।

कोरोनाभाइरस हाउगुजी हो भनेर यतिवेला बेलायतमा हजारौँले प्रदर्शन गरिरहेका छन् । शनिवारयता बेलायतका विभिन्न ठाउँमा र जर्मनीको बर्लिन लगायतको सहरमा कोरोना भाइरस हाउगुजी हो भनेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले विश्व स्वास्थ्य संगठन, अमेरिकी अर्बपति बिल गेट्स र सरकारी प्रतिबन्धविरूद्धका नाराहरु लगाएका छन् ।

नेपालमा पनि सावधानी अपनाएर दूरी कायम गर्दै अवस्था सामान्य गर्नुपर्ने तर्क विज्ञहरुले गर्दै आएका छन् ।