काठमाडौँ – अटोमोबाइलको सबैभन्दा बढी विक्री हुने सिजनमै अटोमोबाइल व्यवसाय थलिएको छ । कोभिड–१९ संक्रमणका कारण चैत ११ गतेदेखि गरिएको लकडाउन यता शून्यप्राय अटोमोबाइलको विक्री लकडाउन खुकुला भएपछि सामान्य बजार चलायमान हुँदैथियो । सरकारले काठमाडौँ उपत्यकामा पुनः निशेधाज्ञा लगाएपछि अहिले अटोमोबाइलको व्यापार शून्यमा रहेको नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए ।


ADVERTISEMENT


नाडाले प्रत्येक वर्ष दशैँ अगाडि प्राय भदौमा अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो आयोजना गर्ने गरेको छ । नाडा अटो शोसँगै अटोमोबाइल बजार गुल्जार हुने गरेकोमा दशैँसम्म नेपालमा सबैभन्दा बढी अटोमोबाइलको विक्री हुन्थ्यो । कोभिड – १९ र अटोमोबाइल बन्दाबन्दीका कारण धरासयी बनेकोमा नाडा अटो शो भए बजार चलायमान हुने विश्वास व्यवसायीको भएपनि नाडा नहुने भएपछि अहिले अटोमोबाइल व्यवसाय धरासयी भएको दुलालले बताए ।


ADVERTISEMENT

# # #


‘अटो शोमा ५ अर्ब बढीको कारोवार हुन्थ्यो, कोरोनाको जोखिम बढ्दै गएकाले अटोमोबाइल व्यवसाय चलायमान हुने अवस्था छैन,’ उनले बताए । अन्य वर्ष यतिवेला नयाँ प्रोडक्ट लन्च हुने गरेपनि यो वर्ष दशैँसम्म नै बजार के हुने भन्न नसकिने उनी बताउँछन् । ‘दूरी कायम राखेर व्यवसाय सञ्चालन गर्नुपर्छ तर बन्दाबन्दी के हुने भन्ने नै स्पष्ट नहुँदा दशैँको अटोमोबाइल स्कीमबारेपनि पर्ख र हेरको अवस्थामा छौं,’ उनले भने ।

यतिवेला कोरोनाका कारण सबैभन्दा बढी असर परेको क्षेत्र नै अटोमोबाइल क्षेत्र भएकाले यस क्षेत्रका लागि राहत उपलब्ध गराउनुपर्ने दुलाल बताउँछन् । व्यवसायबाटै पलायमान हुने अवस्था आएकाले अटोमोबाइल क्षेत्रमा गरिएको नीतिगत कडाइ खुकुलो गर्नुपर्ने उनको धारणा छ । अहिले सवारीसाधन खरीद गर्दा कम्तीमा पनि ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था छ । ‘अधिकांशले सवारीसाधन खरीद गर्ने भनेकै लोनमा हो, आधा पेमेन्ट गरेर सवारी खरीद गर्न सक्ने अवस्था हुँदैन,’ दुलालले भने, ‘डाउपेमेन्टको कडाइलाई खुकुलो गरेर १० प्रतिशतमा झार्नुपर्छ ।’